जुम्लाको अवस्था तनावग्रस्त, केसी समर्थकमाथि अश्रुग्यास प्रहार

Posted on: 19 Jul, 2018

साउन ३, जुम्ला । आमरण अनसनरत डा. गोविन्द केसीले काठमाडौं ल्याउन रोकेको भन्दै प्रहरीले उनका समर्थकमाथि हातपात गरेको छ । प्रहरीले अस्पतालभित्रै पुगेर कुटपिट गरेको पीडितहरुले बताएका छन् ।

डा. केसीलाई लिन डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । टोलीलाई सघाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारी पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए ।

तर, डा. केसीका समर्थकहरुले सरकारी टोलीलाई डा. केसीलाई भेट्न समेत दिएनन् ।

अवरोधपछि मुख्यमन्त्री शाही नेतृत्वको टोली डा. केसीलाई नभेटी फर्किएको थियो । तर, केहीबेरमा नै प्रहरी प्रतिष्ठानमा पुगेपछि अवस्था तनावग्रस्त बनेको हो ।

झडपका क्रममा प्रहरीले अस्पतालमा पसेर ‘अश्रुग्यास प्रहार र अन्धाधुन्ध लाठी चार्ज प्रहार गरेको छ । त्यसक्रममा केसी समर्थक विद्यार्थीसँगै डाक्टर र विरामी कुरुवा पनि घाइते भएका छन् । घाइते विद्यार्थीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!