हतियारका रुपमा प्रयोग महिलाको अस्मीता: पुरुषलाई यसरी वलात्कार मुद्धामा फसाउँदै

Posted on: 19 Jul, 2018

प्रेम सुनार । साउन–३, गुल्मी।  कतिपय महिलाको अस्मीतालाई हतियारका रुपमा प्रयोग गर्ने गरेको गुल्मीको एक घटनाले देखाएको छ ।

विभिन्न रिसिबी साँधेर बदलाको भावनाले निर्दोषलाई समेत बलात्कार जस्तो डर लाग्दो मुद्धा दिने गरेको केहि महिनाअघि  जिल्ला अदालत गुल्मीमा दर्ता भएको  एक वलात्कार मुद्धाले  यस्तो देखाएको हो ।

मुसिकोट नगरपालिका वडा नम्वर–४, भुवाचिदीका ३५ वर्षिय किशान भन्ने ३५ वर्षिय जीवन रायमाझीले आफुलाई उनैको पसलको गोदाममा लगेर बलात्कार गरेको स्थानिय एक महिलाले अदालतमा मुद्धा दिएकी थिईन ।

गत बैशाख २२ गते  विहान गरियो भनिएको वलात्कार मुद्धा त्यसको झण्डै एक महिनापछि जेठ २ गते एक महिलाले अदालतमा मुद्धा दायर गरेकी थिईन । जुन मुद्धा झुठो ठहर गरी  अदालतले रामयझीलाई सफाई दिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ति महिलाले बोलेको कुरा हावादारी पाईएको त्यस प्रहरी कार्यालय मुद्धाफाँटका असई सत्यनारायण यादवले बताए  । रायमाझीलाई लगाईएको आरोप स्वतन्त्र पुष्टि हुन सकेन ।

ति महिलाको स्वाथ्य परिक्षण र पोलिग्राफ  गर्दा समेत पुष्टि हुन सकेन  उदालत श्रोतले भन्यो ति महिलाले बोलेका कुरा झुटा र असत्य सावित भएको फैसलामा उल्लेख छ । रायमाझी आफु माथी सरासर झुटो आरोप लगाईएको भन्दै हिरासत भित्रै पटक पटक डाको छाड्ने गर्दथे ।

यस्तो झुटो आरोपमा यदि मलाई फँसाईयो भने भोलीको दिन हजारौं मजस्ता पुरुषँ फँस्ने छन भन्ने गर्दथे ।  रायमाझीकी आमाले भनिन् जव विदेश जान ति महिलाका छिमेकीले  हामीसंग ऋण लिएका थिए । मैले छोरालाई त्यो पैसा उठाउन लगाएँ । प्रहरीमा गएर तमसुक बनाईयो । 

उनकी श्रीमतीले भन्ने गर्थिन आज मेरो श्रीमानलाई  जसरी फसाउन खोजिदै छ भोलीका दिनमा ति जस्ता महिलाले हजारौं पुरुष  फसाउँने छन , ख्याल गरौं हामी केहि महिलाको अस्मीता पुरुष फसउँने हतियार बनाईदै छ ।  वलात्कार आरोप लगाउने ति महिला  विपन्न परिवारकी भएकोले पाल्पा छँदा सहयोग संकलन गर्ने गर्थिन ।

यता गुल्मी विवाह गरी आए पछि पनि सार्वजानिक स्थानमा समेत सहयोग संकलन गर्दै आएकी थिईन ।  पाल्पाको एक अस्पतालमा उपचारका क्रममा श्रीमान भागेर हिडे पछि उनि त्यस अस्पतालमा अलपत्र परेकी थिईन ।

त्यसै अस्पतालमा छोरीको उपचार गर्न गएका गुल्मी  बडागाउँका एक राना थरका पुरुषले उनलाई विवाह गरेर ल्याएको ६ महिना नपुग्दै वलात्कार जस्तो डर लाग्दो आरोप लगाउन पुगेकी थिईन ।

पाल्पा कै उनि जस्तै विपन्न अर्की महिलाले पनि समाजमा नाम चलेका विभिन्न मानिसहरुलाई बलात्कार गरेको आरोप लगाउँदै हिड्ने गरेको  उजुरी परेपछि  गत वर्ष प्रहरीले समातेर थुनेको थियो । स्थानियले  वदला लिन उनलाई केहि रकम दिएर प्रयोग गरेको रायमाझी पक्षधरले बताउँदै आएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!