बझाङमा खोलामा नुहाइरहेकी बालिका सेती नदिमा बगेर बेपत्ता

Posted on: 21 Jul, 2018

सम्राट सिंह, साउन ५, बझाङ । बझाङको सदरमुकाम नजिकै रहेको डुङ्ग्री खोलामा नुहाइरहेकी १० वर्षिय बालिका बगेर बेपत्ता भएकी छन । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ घर भएकी सुस्मीता ओली बगेर बेपत्ता भएकी हुन । सिमोल्तोला दहुला निवासी १० बर्षिया ओली शनिबार दिउँसो डुङ्ग्री खोला धौलाबगरमा नुहाउने क्रममा बगेर सेती नदीमा मिसिदा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

शुरेश ओली र ललिता ओलीकी जेठी छोरी  सुस्मीता मामाघर डुङ्ग्रीमा बसेर सदरमुकाम चैनपुरको एक बोर्डिङ् स्कुलमा युकेजीमा अध्ययन गर्दै थिईन् । बेपत्ता भएकी सुस्मीताको खोजी कार्यमा जिल्ला प्रहरी कार्यालय र स्थानीय बासिन्दाहरु जुटिरहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरिक्षक ऋृषिराम कडेले बताए  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!