बझाङमा पहिरोमा पुरिएर एकै घरका ४ को मृत्यु, २ घाइते

Posted on: 21 Jul, 2018

टेकेन्द्र बोहरा | साउन ५, बझाङ | बझाङको खप्तड छान्ना गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका ४ जनाको मृत्यु भएको छ । सनिवार जिल्लाको खप्तड छान्ना गाउँपालिका–६ बयानामा पहिरोमा पुरिएर ४ जना को मृत्युु भएको छ भने दुई बालक घाइते भएका छन् । 

स्थानीय वासीले दिएको जानकारी अनुसार पहिरोमा परि मृत्युु हुनेमा पाटादेवलकी स्वास्थ्य स्वंयमसेविका महेश्वरी थापा, उनका नावालक छोरा कृष्ण थापा, सासु उजली थापा र मंगल थापा रहेका छन् ।


  घाइते हुनेमा मृतक महेश्वरी थापाका ४ र ५ बर्षे छोरा कवि र रिकेश रहेको स्थानीय बासीले जनकारी दिएका छन । उनका अनुसार पानी परेपछि ओत लाग्न सोही गाउँपालिकाको खलेगाडा भन्ने ठाउँको शिवमन्दीर क्षेत्रको चुनढुंगा भीरको ओडारमा बसेको अवस्थामा ओडार भत्किएर उक्त घटना भएको हो ।


 घटना स्थलमा छान्ना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बझाङबाट टोली गइसकेको जिल्ला प्रहरी प्रमुख ऋिषीराम कँडेलले जानकारी दिए । सो क्षेत्रमा आज बिहानैबाट पानी परिरहेको स्थानीयले बताएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!