स्थानिय सरकारको प्रभावः सवैतिर यातायात सुचारु

Posted on: 22 Jul, 2018

प्रेम सुनार। साउन–६, गुल्मी । स्थानिय तहको निर्वाचन अघिको वर्षायाममा गुल्मीको सदरमुकामसंग जोडिएका गाउँ सम्म यातायातमा आवज जावत गर्न निकै कठिन थियो । सदरमुकाम संग जोडिएका गाउँहरु व्लिधुम,  पराल्मी, धुर्कोट , हस्तीचौर , बडागाउँ, ईन्द्रेगौडा पुग्न मोटर सार्ईकलमा समेत  यो वर्षायामा कठिन हुने गर्दथ्यो ।


t:jL/M ;8s dd{tdf hg>dbfgsf] ;'?jft ub}{ d'l;sf]6 gu/kflnsfsf d]o/ ;f]dgfy ;fksf]6f

ठाउँ ठाउँमा पहिरो, जिप नै डुव्ने खालका खाडल । पहिरो गएको ठाउँ हप्तौ सम्म अवरुद्ध  हुँदा सरकारको कुनै निकाय नै नभएको महशुस हुन्थ्यो । तर अहिले एकादुई घण्टा पहिरोले सडक अवरुद्ध गरे पनि हिउँदयामा चल्ने सडकहरुमा जिपहरु जिल्लाभर आवत जावत गरिरहेका छन ।

केहि स्थानमा वस चल्न रोकिए पनि साना सवारी साधनहरु जिल्लाका सवै  स्थानमा  चलिरहेको जिल्ला समन्व्य समितिका  प्रमुख लक्ष्मण पराजुलीले जानकारी दिए ।  उनले भने–‘ स्थानिय सरकारको यो सकारात्मक प्रभाव हो यो , जिल्ला स्तरबाट भन्दा पनि स्थानिय सरकारले लेन्थवर्कर राखेको छ , पहिरो गए तत्काल डोजर लगाएर  हटाएको छ  ।

कतिपय स्थानमा  वस  सेवा रोकिए पनि जिप लगायतका साना सवारी साधन सवै तिर सुचारु भई रहेका छन । विगतको जस्तो सास्ती जनताले खेप्न परेको पाईएको छैन । ’

सदरमुकामबाट निकै विकट मानिने मदाने ,  मालिका र कालिगण्डकी गाउँपालिकामा समेत यातायात सुविधा अवरुद्ध नभएको त्यहाँका  जनप्रतिनिधी र कर्मचारीहरुले बताएका छन ।

कालिगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा मगरले एकादुई घण्टा पहिरोले अवरुद्ध पारे पनि तत्काल डोजरले हटाएर सवैतिर यातायात सेवा सुचारु गरिएको जानकारी दिए । त्यस गाउँपालिका संगै जोडिएको चन्द्रकोट गाउँपालिका भित्रका मुख्य सडकहरुमा  पनि यो वर्षयाममा  यातायातका साधन सुचारु भएको त्यस गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले बताए ।

उनले भने–‘ भित्रि टोलका केहि साना सडकहरु सम्भावित दुर्टनालाई मध्ये नजर गरी दुई महिनाका लागि बन्द गरेका छौ तर विकट मानिने फोक्सीङ्ग, ओलीवाङ्ग र उता बाग्लुङ्गको वरेङ्ग सम्म र यता चोरकाटे, मजुवा देखि शान्तिपुर सम्म यातायातका साधन चलिनै रहेका छन ।’

सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले त्यस गाउँपालिका भित्रका सवै सडकहरु सुचारु रहेको बताए । उनले भने–‘ हामीले वर्षायाममा सडकहरु अवरुद्ध हुन नदिन  वजेट र जनशक्ति व्यवस्था गरेका थियौं ।  

सोही अनुरुप यहाँको विकट गाउँ चाहे त्यो भार्से होस वा ठुलोलुम्पेक  सवैतिर यातायात सेवा सुचारु पारेका छौं । अँस्ती एक्सीङ्ग गाउँमा ठुलो पहिरो गयो , दुईचार घण्टा पछि डोजर लगाएर सुचारु ग¥यौं त्यो वाहेक समस्या आएको छैन ।’

यता सदरमुकामबाट पश्चिम प्युठान संग जोडिएको मदाने गाउँपालिकामा पनि एकादुई भित्रि सडक वाहेक मुख्य सडकहरुमा यातायात सेवा नियमित चलिरहेको त्यहाँका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

जिल्लाको सवै भन्दा विकट मानिने त्यस गाउँपालिकाको अग्लुङ्ग गाउँममा  विगतका यो  वर्षायामा गाडी पुग्नु भनेको दुर्लभ ठानिन्थ्यो । अहिले सदरमुकामबाट सिधै त्यहाँ जिप आवत जावत गरिरहेको भण्डारीले बताए ।

उत्तर पश्चिम बाग्लुङ्ग र प्युठान संग जोडिएको अर्को मालिका गाउँपालिकाका भित्रका मुख्य मुख्य सडकहरु  प्नि सुचारु रहेको त्यस गाउँपालिका प्रमुख रितबहादुर थापाले जानकारी दिए ।  

रुरु , छत्रकोट  र गुल्मीदरवार गाउँपालिका तानसेन तम्घास सडक सञ्जाल संग जोडिएका गाउँलिकाहरु हुन ।  ति गाउँपालिकाका भित्रि सडकहरु प्नि सुचारु रहेको त्यहाँ जनप्रतिनिधीहरुले  बताए  ।

सदरमुकाम रहेको रेसुङ्गा नगरपालिका भित्र तम्घास देखि अर्घाखाँची जोड्ने नेटा सम्मको  हिलाम्मे सडकमा  जनताले खेपेको सास्ती वाहेक अन्यत्र जनताले सास्ती खेप्नु नपरेको नगर प्रमुख डिल्लीराज भुसालले बताए । 

‘तम्घास वेदुखर्क नेटा सम्मको केहि स्थानमा जनताको निकै  गुनासो आएको छ’ उनले भने –त्यस सडक निर्माण गर्ने जिम्मा लिएका ब्यक्तिलाई भन्दा टेर्नु भएन । अव म आफै गएर भए पनि त्यो सडकको समस्या दुई तिन दिन भित्र समधान गर्न लागेको छु  । अन्यत्र त्यस्तो गुनासो आएको छैन , आएमा तत्काल हामी जनप्रतिनिधीहरुको अगुवाईमा डोजर चलाएर सुचारु   गर्ने गरेका छौं । ’

धुर्कोट गाउँपालिकामा विगतको वर्षयाममा जैसीथोकको उकालो पार गर्नु भनेको कुनै युद्ध जित्नु जस्तै मानिन्थ्यो । जैसीथोको उकालोमा जिप त परै जावोस मोटर साईकल समेत घण्टौ हिलोमा डुव्थ्यो ।

जसोतसो त्यहो पार गरे पछि वाग्ला पुग्नु अर्को युद्ध मानिन्थ्यो । अहिले ग्रावेलिङ्ग भएर धुर्कोट गाउँपालिकाको केन्द्र वरवोट सम्म  सुखत यात्रा गरेका छन त्यहाँका जनताले । त्यसको सिमना मदाने गाउँपालिका पुग्ने भनभनेमा पक्की पुल बने पछि थप सुविधा भएको छ ।

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल भन्छन विगतका वर्षायाममा  तम्घासबाट जैसीथोक र वाग्ला  जान प¥यो भने दुई जोर कपडा बोकेर हिड्नु पर्दथ्यो । तर अहिले त्यो अवस्था आउन नदिने गरी हामी लागी परेका छौ ।

वडास्तरमा जनप्रतिनिधीहरु र ठुलो समस्या आए हामी तम्तयारी अवस्थामा छौं । गाउँपालिकाबाट वडा जोड्ने सवै सडकहरु सुचारु छन । उता सोही गाउँपालिका हुँदै सिमलटारी, वाग्ला  , सिसर्नेनी पुर्कोट दह प्युठान जोड्ने सडक विगतका वर्षहरुमा अवरुद्ध हुन्थे ।

अहिले ग्रावेलिङ्ग भएपछि स्थानियलाई कुनै समस्या छैन ।  सदरमुकाम तम्घासबाट सिमलटारी सम्म ग्रावेलिङ्ग भए पछि विगतमा जिप समेत नचल्ने त्यस सडकमा अहिले वस समेत नियमित आवत जावत गरिरहेका छन ।

सदरमुकामबाट जिल्लाको पुरानो ब्यापारिक केन्द्र वामीटक्सार र वाग्लुङ्ग जोडिने  छल्दी पनाह रातडाँडा ईन्द्रगौडा सडक खण्ड यसै वर्ष ग्रावेलिङ्ग भए पछि विगतका वर्षहरुमा हिड्नेहरुले अहिले रेलमा कुँदेको महशुस गर्छन ।

हिजो त्यस तर्फ  पुगेका पत्रकारहरु मध्येका  पत्रकार महासंगका अध्यक्ष नवरजा भुसालले  विगतको सम्झीँदा  यसपालीको जिप यात्रा सुविधा सम्पन्न रेलमा कुँदेको महशुस भएको बताए ।

मुसिकोट नगरपालिका भित्र पर्ने त्यस सडक सहित त्यहाँका सवै वडाका मुख्य सडकहरु सुचारु  ग्गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । उनले भने अखिल्लो आर्थिक वर्ष देखि नै हामीले प्रत्येक वडामा लेन्थ वर्कर राखेका छौं , डोजरलाई पनि स्टाण्डवाई राखेका छौं ।

जसबाट यहाका नगरवासीले विगतमा वर्षायाममा भोग्ने सास्ती हामीले कार्यभार सम्हाले देखि  भोग्न परेको छैन । त्यहाँको विकट गाउँ अर्लाङ्गकोटको उर्लेनी दलित वस्ती सम्म यस वर्षायामा यसै समाचारदाता गाडीमा पुगेर फर्किएको छ ।

जिल्लाका दुवै क्षेत्रका सांसद तथा संघिय सरकारका प्रभावशाली मन्त्रीद्धयः  प्रदिपकुमार ज्ञवाली गोकर्णराज विष्ट, प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वराल र सांसदहरु सहित यहाँका सवै तहका जनप्रतिनिधीहरुबाट सडक सञ्जालमा  गरिएको विकास प्रति जतता सन्तुष्ट हुदै र थप अपेक्षित हुँदै आएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!