कम्यूनिष्टहरु आफु असफल हुने बाटोतर्फ लाग्दै: नेता महत

Posted on: 22 Jul, 2018

साउन ६, काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले विपीको भावनालाई आत्मसाथ गर्दै नेपाली कांग्रेसका आम कार्यकर्ता एकढिक्का र अनुशासित भई अगाडि बढ्नुपर्ने बताएका छन् ।


नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीद्वारा वि पि कोइरालाको ३६औं स्मृति दिवसको अवसरमा आयोजित बृक्षरोपण कार्यक्रममा बोल्दै उनले कम्यूनिष्टहरु संसारभरबाट असफल भइसकेको र नेपालमा पनि कम्यूनिष्टहरु आफु असफल हुने बाटोतर्फ लागेको बताए।

सरकारको निरङ्कुशतावादी प्रवृति, सर्वसत्तावादी प्रवृत्तिको अन्त्यका लागि सबै जिल्लाबाट कडा रुपमा अघि बढ्न अनुरोध समेत गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!