४ जनाको मलामी गएर फर्किने क्रममै दुई पक्षबीच झडप, वडा अध्यक्षसहित २ घाइते

Posted on: 23 Jul, 2018

टेकेन्द्र बोहरा | साउन ७, बझाङ | बझाङको खप्तड छान्ना गाँउपालीकामा मलामी गएर घर फर्कने क्रममा दुई पक्षबीच आपसमा झडप हुँदा खप्तड छान्ना गाउँपालिकाका–वडा का ६ का वडाध्यक्षसहित २ जना घाइते भएका छन् ।

शनिबार खप्तड छान्ना गाउँपालिका –६, बयानामा सुख्खा पहिरोमा परि एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु भएको थियो ।

मृत्यु भएका चारै जनाको आइतबार सामूहिक दाहसंस्कार गरेर घर फर्कने क्रममा नरेन्द्र खड्काका आफन्त र भवन खड्काका आफन्तबीच एक आपसमा झडप हुँदा भवन खड्काको टाउको ८ वटा टाँका लगाउनु परेको  स्थानिवासीहरुले बताएका छन ।

दुई पक्षबिच झगडा हुदा बीचमा छुट्याउन खोज्ने वडाध्यक्षको दाँया हातमा खुकुरी लाग्दा ५ टाँका लागाइएको वडाध्यक्ष तिलककुमार खड्काले बताएका छन् ।

 पुरानो रिसिइबीका कारण पहिले पनि नरेन्द्र खड्काकाको परिवारले भवन खड्काको परिवारलाई धम्काउने, मार्नेसम्मको धम्की दिने गरेको भवन खड्काले बताएका छन् । घाइते भवन खड्काका अनुसार नरेन्द्र खड्काले सानो–सानो कुरामा पनि निहुँ खोज्ने गरेको बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घाइते भवन खड्कालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने काम भइरहेको वडाध्यक्ष तिलक खड्काले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले घटनाको अनुसन्धानपछि मात्रै थप विवरण आउने बताएका छन् ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!