यौन पिपासु शिक्षकलाई जुत्ताको माला, ४ नावालिकालाई यस्तो सम्म गरेछन्

Posted on: 24 Jul, 2018

प्रेम सुनार | साउन ८, बुटवल | स–साना वालिका विद्यार्थीहरु संग यौनिक कृयाक्ला गर्ने पर्वतका एक शिक्षकलाई त्यहाँका आक्रोषित महिलाहरुले जनकार्वाहीका रुपमा कालोमोसो दल्दै र जुत्ताको माला भिराउँदै गाउँ डुलाएका छन । 

फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक समेत रहेका शिक्षक खिलप्रसाद  पौड्याललाई फलेवासका महिलाहरुले यस्तो कार्वाही गरेका हुन् । उक्त जनकार्वाही पछि फलेवास प्रहरीलाई बुझाईको पौड्ल विरुद्ध त्यस विद्यालयका ७ देखि १२ वर्ष उमेरका  तिन वटी वालिकालाई अप्राकृतिक मैथुन  विरुद्धको मुद्धा दायर गरिएको पर्वत जिल्ला प्रहरी प्रमुख डिएसपी दिलिप घिमिरेले जानकारी दिएका छन ।  

नावालिकाहरुलाई यस्तो सम्म गरेछन 

गत दुई वर्ष देखि  त्यस विद्यालयमा प्रधाध्यापक भएर आएका पौड्याल डोल्पा, म्याग्दीको झिं, फलेवास कै पाङ्ग्र र कुर्घाको विद्यालय हुँदै आएका रहेछन । पिडित वालिकाहरु संगको कुराकानी बुझ्दा  उनिबाट यौन हिंसामा परेका वालिकाहरु चार वटी रहेछन ।

एउटी व्राह वर्षिया वालिका त्यस विद्यालयबाट कक्षा ५ पास भई अर्को विद्यालयमा कक्षा ६ भर्ना जाने १२ वर्षिया वालिकालाई तिम्रो घर मै आएर ट्युशन पढाउँछु भनेछन् ।  उनले सर हामी गरिव छौं सक्दैनौ भनिछन् । उनका वावु आमाले पनि सक्दैनौ भनेछन् ।

ति शिक्षकले पैसा पर्दैन म सित्तैमा पढाईदिन्छु भनेर पाँच दिनसम्म ट्युशन पढाउन भन्दै उनको घरमा पुगेछन् । ट्युशन पढाउने त्यो पाँच दिन भित्र उनले आफ्नो अभिष्ट पुरा गर्नेतिर लागेछन । पछि बन्दै गरेको भवनको पछाडी शौचायमा लगेर यौनिक कृयाक्लाप गरेबाट क्रमशः अरु थप तीन जना वालिकाहरु उनको शिकार बन्दै आए ।

एउटी १० वर्षिया वालिकालाई बैशाखमा तीन पटक, जेठमा ३ पटक र असार ८ गते एक पटक गरी सात पटकसम्म आफुलाई यौनाङ्गमा ति सरले लाजमर्दो कार्य गरेको उनले बताईन् । उनकी आमाले भनिन–‘ छोरी टाउँको दुख्ने रिङ्गाटा लाग्ने विरामी पर्न थाली हामीलाई शंका लागेर सोध्धा ति सरले त्यस्तो घिन लाग्दो कार्य गरेको खुलेको  थाह पाएका हौं । ’ 

ति १० वर्षिया वालिकालाई पहिलो पटक यसो गरे – ‘वालिकाकै शव्दमा हामी सवै जनालाई चौरमा पढ्न हिड भनेर लैजानु भयो  । हामी सवै गयौ । मैले कलम कक्षा कोठा मै विर्सेछु । म फर्केर आएँ । त्यही वेलामा मेरो......  औला राख्नु भयो । .. अंगमा समात्नु भयो । म चिच्चाएँ । मेरो मुख थुनि दिनु भयो । कराईस र कसैलाई भनिस भने मारेर वोरामा हालेर कसैले नदेख्ने ठाउँमा लगेर फाली दिन्छु भन्नु भयो । पछिल्ला ६ चोटी सम्म पनि त्यही भनेर डराउन दिएकोले नभनि बसेकी हुँ ।’ 

ति वालिकाहरुका अनुसार  उनिहरुका  हातहरु समेतर उनको गुप्ताङ्ग सुम्सुमाउन लगाईन्थ्यो । अप्राकृति मैथुन गर्न लगाईन्थ्यो । उनि भन्दा कान्छि सात वर्षिया वालिकालाई समेत छाडेनन उनले ।  धमाधम चारै जना वालिकाहरु टाउँको दुख्ने विमार लाग्न थाले पछि कुरा खोल्न बाध्य भए ।  ति शिक्षकको घरमा दुई छोरा , सहकारीमा काम गर्ने  भर्खर कै  श्रीमति रहेको स्थानियले बताए । सवै भन्दा गाह्रो हस्त र  मुख मैथुन  रहेको उनिहरु वताउँ छन  ।

‘विद्यालय कै शिक्षकबाट यति सम्म यौनिक अपराध ?  कसरी सुरक्षित राख्ने छोरीहरु ? यस्तो प्रश्न गर्दै ति वालिकाकी आमा भन्छिन–‘ त्यस्ता अपराधीलाई त फाँसी नै दिनु पर्ने हो तर नेपालमा त्यस्तो कानुन छैन । कानुले दिए सम्मको कडा कार्वाहीको हामी माग गर्दछौं ।’


तस्वीरमा: कालोमोसो र जुत्ताको माला भिर्नु परेका उनै शिक्षक पौड्याल

यस बिषयमा तपाइको प्रतिक्रिया...!