बाल गायक अशोक दर्जीलाई अपहरण शैलीमा लगेर बेपत्ता बनाएको भन्दै निवेदन

Posted on: 24 Jul, 2018

साउन ८, झापा | बाल गायक अशोक दर्जीलाई बेपत्ता बनाएको भन्दै संगीतकार टंक बुढाथोकीबिरुद्ध निवेदन दिईएको छ । गायक दर्जीलाई १७ दिनदेखि बेपत्ता बनाएको भन्दै दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन परेको हो । 

दर्जीलाई बेपत्ता बनाएको भन्दै मोरङको उर्लाबारीस्थित बेथल एजुकेशनल एकाडेमीका प्रिन्सिपल दीपक न्यौपानेले संगीतकार बुढाथोकीले बाल गायक दर्जीलाई बेपत्ता बनाएको भन्दै निवेदन दिएका हुन् । बाल गायक दर्जी बेथल एजुकेशनल एकाडेमीमा अध्ययनरत छात्र हुन् । मंगलबार दमक नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा बाल गायक दर्जीलाई लाने बुढाथोकीलाई झिकाई पाऊ भन्दै निवेदन परेपछि सो सम्बन्धि समाचार एकाएक बिभिन्न मिडिया तथा सामाजिक संजालमा छाएका छन् ।


संगीतकार बुढाथोकीले गत असार २३ गते परीक्षा चलिरहेको अवस्थामा बाल गायक दर्जीलाई लिएर गएको तर अहिलेसम्म फिर्ता नल्याएको भन्दै ‘सम्बन्धित व्यक्ति झिकाई पाऊ’ शीर्षकमा निवेदन परेको छ । निवेदनमा दर्जीलाई भोलि नै फिर्ता ल्याउँछु भनि असार २३ गते परीक्षाको चौथो दिन लागेको व्यक्ति टंक बुढाथोकीले आजको मितिसम्म नल्याएको भन्दै बेपत्ता बालक र अपहरण शैलीमा बच्चा लाने व्यक्तिलाई यस कार्यालयमा उपस्थित गराइदिन अनुरोध गरिएको छ ।

यस बिषयमा केहि दिन अघि पनि बिभिन्न मिडियामा समाचारहरु आएका थिए । यसैबीच दमक २ का वडा कार्यालयले निवेदन उपर कारवाहीको लागि प्रक्रिया अघि बढाएको बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!