एकै दिन दुई भूकम्प: धादिङ र सिन्धुपाल्चोक केन्द्रविन्दु

Posted on: 24 Jul, 2018

साउन ८, काठमाडौँ | सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । 

साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि आजै बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ रिक्टर स्केलको परकम्प गएको थियो । 

केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।

आजै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । 

केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०६ पटक परकम्प गएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!