ईन्टरनेटको लत जाँड-रक्सीको भन्दा बढिः प्राय भट्टीमा झगडा शुन्य

Posted on: 25 Jul, 2018

प्रेम सुनार | साउन ९, गुल्मी | गुल्मीको सदरमुकाम तम्घासमा केहि वर्ष अघि सम्म तिनै समुह थिए , जो होटल रेष्टुरेण्टहरुमा साथी बनेर आउने र पिउँदै जाँदा  झगडा सुरु गरेर दुश्मन बनेर जाने । दुई तिन वर्षयता वाईफाई सुविधा विनाको प्राय होटल, रेष्टुरेण्टहरु हुन छाडेका छन ।

अहिले तिनै समुहरु तिनै होटल रेष्टुरेण्टमा साँझ पर्न साथ आउँछन  । मदिरा पिउनु भन्दाको हतारो आ–आफ्ना साथीहरुसंग च्याटमा कुराकानी भ्याई नभ्याई  देखिन्छ । सगै बसेर पिईरहेका साथीहरु विच  कुराकानी शुन्य प्राय देखिन्छ । यहाँ सम्मकी पिउन लागेको मदिरा र अन्य खाने कुरा  सकिएको वा मिठो–नमिठोको समेत मतलव छैन ।

च्याटको ब्यस्ततामा एउटा चिज खान्छु भन्दा अर्को चिज मुखमा राखेको समेत पाईयो । कुनै साथीले त्यही विचमा कुरा निकाल्छ । अर्को साथीले भन्छ –‘ पख न यार,  एक जना संग अर्जेन्ट कुरा भई रहेको छ । ’

यसरी नै जाँड भट्टीको समय खासै आपसमा गफ नभई सकिन्छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्का भन्छन–‘विज्ञान र प्रविधीमा मानिसहरु ब्यस्त छन । होटल रेष्टुरेण्टहरुमा पिउँदै गर्दा आपसमा कुराकानी कमै हुने गरे पछि कसरी झगडा होस् ?  विज्ञान र  प्रविधिको यो एउटा सकारात्मक पाटो हो ।’

विगतमा सदरमुकाम लगायतका केहि वजारका होटल रेष्टुरेण्टहरुमा  प्राय दैनिक  जसो झै झगडा, कुटपिटका घटनाहरु भई रहन्थे । प्रहरी निरीक्षक खड्काका अनुसार बाहिर बरु झै झगडाका घटना फाटफुट आउने गरेका छन तर होटल रेष्टुरेण्ट भित्र त्यस्ता घटना  आजकल विरलै आउने गरेका छन् ।

अहिलेको पिढीलाई ईन्टरनेटको लत बढि नै लागेकोले लागु औषद्य दुव्र्यशनी समेत कम हुँदै गएको केहि दिन अघि ५ नम्वर प्रदेश प्रहरी कार्यालयले  सार्वजानिक गरेको तथ्याङकले पनि देखाएको छ ।

५ नम्वर प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले भनेका छन–‘  सामाजिक सुरुक्षाका विषयमा प्रहरीको सक्रियता बढाईएको छ ।  लागु औषध दुव्र्यशनी न्युनिकरणका लागि प्रहरी संगठनले ब्यापक रुपमा टोलटोलमा पुगेर जनचेना मुलक कार्यक्रमहरु गर्दै आएको छ, विगतका वर्षहरुको तुलनामा  गत आर्थिक वर्षमा त्यसको सकरात्मक  परिणाम मिलेको छ ।’

उनले यसमा नागरिक समाजको समेत सक्रियता र साथ रहेको बताएका छन । प्रहरी संगठनको त्यही नीतिगत योजना अनुसार गुल्मी जिल्ला प्रहरीले पनि टोलटोलमा प्रहरी अभियान सुरु गरेको र त्यसले अपराधिक घटनामा कमी आएको गुल्मीका प्रहरी प्रवक्ता खड्काको भनाई छ ।

ईन्टर नेटको लतले पनि मानिसहरुमा झैझगडा कम भएको ५ नम्वर प्रदेश भित्रका अन्य प्रहरी अधिकारीहरु पनि स्वीकार गर्छन ।  कतिपय परिवारको घरमा समेत घरयासी कुराकानी भन्दा श्रीमान , श्रीमति छोरा छोरी फेशबुक च्याट र युट्युवमा बढि ब्यस्त हुने पाईएको छ । ‘काम नभए पछि हुने हो झगडा र काटामारी’ भन्ने बुढापाकाहरुको भनाई सत्य सावित हुँदैछ ।

विकासित मुलुकहरुमा सवैले रोजगारी पाएका छन र एक देखि अर्को संग वोल्ने फुर्सद छैन । उनिहरु विच के को झगडा र आन्दोलन होस् ? हाम्रो देशमा रोजगारी नपाए पनि ईन्टरनेट सुविधा क्रमिक रुपले सवैतिर पाउँदै आएका छन ।  जसले गर्दा झै–झगडा, कुटपिट र अलि सानोतिनो विषयमा आन्दोलन पनि कम हुँदै जाने हो कि भन्ने देखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!