प्रहरीको सक्रियतामा अवैध मदिरा नस्ट

Posted on: 25 Jul, 2018

टेकेन्द्र बोहरा | साउन ९, बझाङ | शान्ति सुरक्षामा दिनरात नभनी अहोरात्र खटिरहने प्रहरीले बुधवार अबैध घरेलु मदिरा नियन्त्रका लिएको छ । 

पछिल्लो समयमा जिल्लामा होटलहरुमा मदिरा बिक्रीवितरण गर्नाले जिल्लामा जथाभावी बोल्ने दिउसै मदिरा खाएर हल्लीने जिल्ला प्रसासन कायाृलयमा मदिरा समन्धि जनगुनासो बढेको भन्दै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बझाङको सक्रियतामा छापा मार्दा सदरमुकाम चैनरमा चार सय लिटर अवैध मदिर वनाउने कच्चा पर्दार्थ र १सय लिटर मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका बझाङले जनाएको छ ।


अव देखी  जिल्लामा भने कहिकतै यस्तो अबैध कदिरा बिक्रि वितरण गर्ने कृयाकलाप गर्ने जो कोहीलाई पनी कडा भन्दा कडा कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालयका बझाङका  डिएसपी ऋषिराम कडेलले बताउनु भएको छ ।

तर पछिल्लो समयमा जिल्लामा प्रहरीको सक्रियतामा सदरमुकामा चैनपुरमा जुवातास खेलाउदै भन्ने स्थानिय सँञ्चार माध्यमा समाचार आएपछी त्यसवाट जोगिन प्रहरीले यो अभियान चलाएको स्थानिय बासिहरुले आरोप लगाएका छन ।

मदिरा  नियन्त्रण गर्ने क्रममा नेपाल प्रहरी सँङ्गै नागरिक समाजका अगुवा सहित पत्रकार लगाएत २५ जनाको सहभागितामा मदिरा नष्ट गरेको हो  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!