शसस्त्र प्रहरीलाई निशूल्क ७ रोपनी जग्गा प्रतिबद्धता

Posted on: 25 Jul, 2018

चिसाङ शेर्पा | साउन ९, खोटाङ | खोटाङमा शसस्त्र प्रहरी बल बेशक्याम्पका लागि चिसापानीका एक स्थानियले ७ रोपनी बढी निःशूल्क जग्गा दान गर्ने भएका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी (साविक वडा नम्बर १ का) सिताराम सापकोटाले ७ रोपनी ९ आना २ पैसा ३ दाम जग्गा निःशूल्क दान गर्ने प्रतिबद्धता गर्नुभएको हो ।

गाउँघरमा शान्ती सुरक्षा, अमनचयन दिलाउँदै तत्कालिन कृषि र पशुसेवा भवनमा बस्दै आएको शसस्त्र प्रहरी बेश क्याम्पका लागि सापकोटाले चिसापानी हुमापोखरीमा अवस्थित कित्ता नं. ३८५ अन्तरगतको आफ्नो जग्गा दान गर्नुहुने प्रतिद्धता गरेका चिसापानीका वडाध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिए ।

हाल काठमाण्डौमा बसोबास गरी पर्यटन व्यवसायीमा संलग्न सापकोटाले बुधबार फोन सम्पर्कबाट शसस्त्र प्रहरी बल बेश क्याम्प चिसापानीलाई आफ्नो जग्गा दिने प्रतिबद्धता जनाएका छन् । मैले त्यहाँको जनप्रतिनिधिलाई जग्गा पासका लागि चाँडो भन्दा चाँडो कागजात बनाएर ल्याउन भनेको छु । उहाँले भन्नुभयो, “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भनेजस्तै जन्मभूमिको माया र सशस्त्रको भवन बनाउन आवाश्यक परेकाले जग्गा दिएको हो ।”

सदरमुकाम दिक्तेलबाट पैदल दुइ दिनमा पुग्न सकिने चिसापानीमा बिगत दश बर्षयता सशस्त्र प्रहरी बस्दै आएको छ । प्राप्त भएको जग्गामा गाउँपालिकाले भदौदेखी शसस्त्र प्रहरी बेश क्याम्पको भवन निर्माण गर्ने भएको छ । सदरमुकामदेखी दक्षिणी भेगमा पर्ने चिसापानीमा इलाका प्रहरी कार्यालय समेत रहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!