सप्तरीका पत्रकार खतिवडाको निधनप्रति दुःख व्यक्त

Posted on: 26 Jul, 2018

साउन १०, राजविराज (रासस) | नेपाल पत्रकार महासंघ शाखा सप्तरीले वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको असामायिक मृत्युप्रति दःुख व्यक्त गरेको छ । 

महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर यादवद्वारा आज जारी विज्ञप्तिमा माइक्रो बस दुर्घटनामा परी राजविराज–७ निवासी ७२ वर्षीय वरिष्ठ पत्रकार खतिवडाको मृत्युप्रति दुःख व्यक्त गरिएको हो । उपचारको क्रममा पत्रकार खातिवडाको बुधबार निधन भएको थियो । 

पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा रहेर सप्तरीको पत्रकारिताको विकासमा उहाँले पुर्याउनुभएको योगदान एवं अभिभावकत्व स्मरणीय रहेको भन्दै महासंघ सप्तरीले शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी कामना गरेको छ । 

यस्तै प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको सवारी दुर्घटनामा परी मृत्यु भएको दुःखद् खबरले स्तब्ध तुल्याएको बताउनुभएको छ । 

प्रदेशसभा सदस्य न्यौपानेद्वारा बुधबार जारी विज्ञप्तिमा प्रेस चौतारी नेपालका संस्थापकसमेत रहनुभएका खतिवडाले लोकतान्त्रिक र बामपन्थी आन्दोलनमा पु¥याएका योगदान अविस्मरणीय भएको उल्लेख गर्नुभएको छ । स्व खतिवडाका पत्नी राधा देवी खतिवडा, छोरा गिरिन्द्रराम खतिवडा र दुई छोरी हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!