सञ्चारकर्मी कृष्णश्री शर्माको मृत्युको कारक: ‘केटी काण्ड’

Posted on: 26 Jul, 2018

प्रेम सुनार | साउन १०, गुल्मी | साउन–१० ।  दुई दिन अघि गुल्मीको वम्घामा झुण्डिएको अवस्थामा मृत फेला परेका सञ्चारकर्मी कृष्णश्री शर्माले लेखेको सुसाईट नोटमा उल्लेख ‘प्रेमीका’ पात्रलाई  प्रहरीले बोलाएर सोधपुछ गरेको छ । 

हामी उनको आत्माहत्या भनिएको मृत्युलाई पछ्याई रहेका छौं ।  केहि दिन अघि यसै समाचारदातालाई पनि फोनमा कुनै एक रेडियोले काम गरेको पैसा नदिएको बताएका थिए । उता खरवाङ्गमा पत्रकार कमल पौड्यालसंग पनि त्यतैका रेडियोमा काम गर्न आउनु पर्छ कि ? भनेर फोन गरेको पौड्यलको स्टाटसमा उल्लेख छ ।

सोमवार एकादशीको दिन विहान १० वजे सम्मको डिउँटी सकेर शर्मा स्याङ्गजाको आँधीखोला एफएमबाट तानसेन साथी भेट्न जान्छु , आज राती उतै बस्छु, भोली मंगलवार साँझको डिउँटी फेला पार्न आउँछु भन्दै विदा लिएर हिडेको त्यसका स्टेशन म्यानेजर टोलाकान्त बञ्जाडेले बताए ।

उनले भने–‘ हामी स्तब्ध छौं , हामी आफै बोल्न सकेका छैनौं रेडियोमा र शोकधुन बजाएर बसेका छौं ।  दिएको जिम्मेवारी निभाउने उहाँ त्यस दिन साथी भेट्न तानसेन जान्छु भनेर भन्नु भयो । तानसेन भने पनि मलाई शंका त्यही वम्घाकी केटि भेटन् हिड्दै छन भन्ने  थाह थियो । उहाँकी म्याडमले  ति  केटीबारे मलाई सजग गराई सक्नु भएको थियो । 

माथिको तश्विरमा: स्व. संचारकर्मी कृष्णश्री शर्मा 

मैले तत्काल म्याडमलाई फोन गरेर जानकारी गराएँ । म संग त त्यस्ता कुरा गर्न डराउनु हुन्थ्यो । तर सहकर्मी मार्फत मैले बुझै कै थिएँ । ति युवतीलाई स्टाटसबाट धम्काउने, फोटा राखेर त्रसाउने  गर्न हुन्थ्यो । दशै देखि हो  उहाँले यस रेडियोमा काम गर्न थालेको  ।  हुन त पहिला पनि काम गरेर जानु भएको हो । मैले बुझे अनुसार उहाँले ति युवतीलाई बिबाह गर्न खोजेको तर उनले नमानेको पाईएको छ ।’

बञ्जाडेका अनुसार उनले पटक पटक स्टाटस लेख्ने र तत्काल हटाउने गर्दथे । यो मेरो अन्तिम हो,  त्यसलाई नछाड्.....जस्ता स्टाटस लेखेको र एउटा  स्टाटस स्क्रीन सर्ट गरेर आफुले राखेका बञ्जाडेले बताए ।   कृष्णश्री की श्रीमति अनिता शर्मा संग जिज्ञाषा राख्दा उनले गला अवरुद्ध पार्दै भनिन–‘ खै कसरी मृत्यु भयो मैले त बुझ्नै सकिन ।

वम्घा कि त्यस केटी संग सम्वन्ध छ भन्ने कुरा मलाई थाह थियो । त्यही भएर निगरानी गर्न स्टेशन म्यानेजरलाई भन्दै आई रहेकी थिएँ । मैले सोध्धा केही होईन साथी मात्रै हो भन्नु हुन्थ्यो । दशैंमा रिडीको ऋषिकेश एफएमबाट जागिर छाडेर चार पाँच  दिन सम्म त्यही केटीको घरमा बसेको थाह पाएँ ।

फागुनमा वुवाको तिथी गरेर जानु भएको थियो ।  त्यहाँ देखि  यता घर आउनु भएको थिएन । उहाँले मलाई प्राय फोन गर्नु हुन्थ्यो । मैले फोन गरेर तलव बुझेर पैसा पठाई दिनुस भन्थें । त्यस दिन उहाँ हिड्नु भयो भन्ने थाह पाउन साथ फोन गरे । उहाँले तानसेन होईन , आज एकादशी राम्दीमा नहाएर फर्किन्छु भन्नु भएको थियो ।  त्यस पछि सम्पर्क भएन ।

शव बुझ्न आएका छिमेकीहरु मध्येका केशव सिंह ठकुरीका अनुसार बम्घाटावर जहाँ ऋषिकेश एफएमको स्टेशन छ ।  त्यहीबाट ऋषिकेश एफएम सञ्चालन हुन्छ । त्यहाँ देखि तलको जंगलमा उनको शव फेला परेको थियो ।  साथमा सुसाईट नोट, मोवाईल र १ सय ४५ रुपैयाँ पैसा देखेको ठकुरीले बताए ।

साथमा जम्मा त्यति पैसाले स्याङ्गजा फर्किन सक्ने अवस्था देखिदैन । उनि तनाव मै वम्घा आई पुगेको पाईन्छ ।  जिल्ला प्रहरी कार्यालयमा झिकाईएकी ति युवतीले शर्मा आफु प्रति अनसाईटेड भएको बताएको  प्रहरी प्रबक्ता  प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले बताए । हामीले  उनि संग सोधपुछ ग¥र्यौ , उनले भनिन–‘ अरु त्यस्तो केहि होईन, उहाँ म संग अनसाईटेड हुनुहुन्थ्यो । उनि संग कागज गराएर पठाएका छौं । ’

श्रोतका अनुसार ति युवतीलाई कुनै एक रेडियोमा छँदा शर्माले काम सिकाएका थिए । उनि प्राविधिक पक्षमा कुशल र सफल कार्यक्रम प्रस्तुता थिए ।  मिठो आवाजका धनी थिए । उनको घरमा स–साना दुई सन्तानहरु छन ।

आर्थिक अवस्था पनि केहि वर्ष यता कमजोर हुँदै आएको थियो । घरमा श्रीमति हुँदाहुँदै अर्को युवती संग माया जालको चक्कर नै उनको मृत्युको कारक भएको उनका नजिकका साथीहरु बताउँ छन । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!