यात्रु बोकेर काठमाडौँ आउंदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा त्रिशुलीमा खस्यो

Posted on: 27 Jul, 2018

साउन ११, काठमाडौँ | पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस शुक्रबार दिउँसो त्रिशुली नदीमा खसेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा पर्ने चुम्लिङटारस्थित सडकखण्डबाट झन्डै १ सय मिटर तल ना ६ ख २५०६ नम्बरको बस खसेको जानकारी प्राप्त भएको छ । उक्त बस सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसंग ठक्कर खाएर त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा परेको उक्त बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले स्पष्ट पारेको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मी गएको पनि कार्यालयले जनाएको छ । 

यस दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!