गुल्मीमा एक लाख घुस सहित शव–ईञ्जिनियर रंङ्गेहात पक्राउ

Posted on: 28 Jul, 2018

प्रेम सुनार | साउन १२, गुल्मी | शनिवार विहान गुल्मीको एक सडकमा काम गर्न शव ईञ्जिनियर सेवाग्राहीबाट एक लाख घुस लिदै गरेको अवस्थामा रंङ्गेहात पक्राउ परेका छन । तम्घास सिमलटारी प्युठान सडक आयोजनामा काम गर्ने शव ईञ्जिनियर प्रकाश झा अख्तियार दुरुपयोग अनुसन्धान आयेग  क्षेत्रिय कार्यालय बुटवलको टोलीद्धारा अहिले विहान  पक्राउ परेका हुन् ।

सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बसेका उनले शनिवारको दिन पारेर निर्माण कार्यमा संग्लग्न ब्यवसायीलाई  ‘रनिङ्ग विल’ भुक्तानीका लागि एक लाख घुस मागी भुक्तानी दिन बोलाएका थिए । उक्त कुराको सुचना प्राप्त गरी वुटवलबाट आएको टोलीले बुटवलबाट आएको टोलीले मुस्कीलले उनको कोठा पत्ता लगाई छापा मारेको थियो ।

तम्घास सिमलटारी प्युठान सडक आयोजना पिज गर्ने क्रममा अर्खलेमा केहि महिना अगाडी कम गुणस्तरको काम भई रहेको भन्दै स्थानियले विरोध गरेका थिए ।

यस सम्वन्धमा सम्पर्क राख्न खोज्दा त्यस आयोजना प्रमुख सुजन अधिकारीको फोन स्वी्चअफ रहेको छ ।  सिमलटारी नजिकै पहिरो जाँदा गाडी अवरुद्ध हुँदा पनि सम्वन्धित निकायले बेवास्ता गरेको स्थानिलय हिजो गुनासो गरेका थिए । उक्त सडकमा भई रहेको काम प्रति यहाँका सर्वसाधरण असन्तुष्ट छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!