चट्याङ लागेर दोलखामा एक महिलाको मृत्यु

Posted on: 28 Jul, 2018

ताराबहादुर महत । साउन १२, दोलखा । चट्याङ लागेर दोलखामा गएराति एक महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर ४ भेड्पुकी अन्दाजी ६५ बर्षिया काली तामाङको ज्यान गएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो । गाई बस्तुलाई घाँस हाल्न घर नजिकैको गोठमा गएकी तामाङको बर्षासँगै परेको चट्याङ लागेर गोठमै मृत्यु भएको प्रहरीको भनाई छ । 

चट्याङबाट तामाङको मृत्यु भएको खबर पाए लगत्तै स्थलगत अवलोकनमा पुगेको मेलुङ्ग प्रहरी चौकीको प्रहरी टोलिले गोठमा रहेका पशु–चौपायामा भने कुनै क्षति नभएको बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!