कन्चनपुर: गाउँपालिका जिम्मेवार नभएको भन्दै स्थानीय महिलाद्धारा गाउँपालिका घेराउ

Posted on: 29 Jul, 2018

विमल धामी | साउन १३, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र बेल्डाँडी गाउँपालिका आफैमा जिम्मेवार र जन उत्तरदायी नभएको भन्दै स्थानीय महिलाहरुले आईतवार बेल्डाँडी गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।

यो गाउँपालिका आफैमा जिम्मेवार नभएको भन्दै जिम्मेवार बन्न गाउँपालिका लाई ज्ञापन पत्र बुझाएको बेल्डाँडीकी अगुवा महिला शान्ती नाथले जानकारी गराउनु भयो । बेल्डाँडी गाउँपालिका बाट विनियोजित रकम हिनामिना भएको र बेल्डाँडी गाउँपालिकाले  छाडा चौपाया ब्यवस्थापन गर्न ठुलो रकम विनियोजन गरे पनि समस्या जस्ताको त्यस्तै रहेको भन्दै छाडा चौपाया ब्यवस्थापन तुरुन्त गर्नुपर्ने माग राखेका थिए । जसको जिम्मा जे हो उसले गम्भिर होईदिनु पर्ने वहाँहरुको धारण थियो ।


बेल्डाँडीकी समाजसेवी सरस्वती शाहीले भने छाडा चौपायाले किसानलाई दिनु दुःख दिएको बताए । यो समस्यामा गाउँपालिका जिम्मेवार र जवाफदेहि हुनुपर्ने कुरा बताउनु भयो ।

ज्ञापन पत्र बुझदै बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष कमला कर्कीले आफुहले ज्ञापन पत्रमा आएको कुराको छानबीन गर्ने र जहाँ बिग्रेको छ त्यहाँ सच्याएर लैजाने बचन धर्नाकारीलाई दिनु भयो । 


बेल्डाँडी गाउँपालिका वडा नं. २ अध्यक्ष प्रेम सिह खातीले भने तपाईहरुका माग जायज भएको भन्दै गाउँपालिकाले उठेको कुरामा गम्भिर हुनुपर्ने कुरा बताउदै यो विषमा गम्भिर छलफल गरिने समेत जनाउनु भयो । यो समस्याको खोजी तुरुन्त गर्ने भने पछि धर्नाकारी आ आफ्नो घर तिर लागेका थिए । गापाका अध्यक्ष र प्रमुख प्रसाशकीय अधिकृत गाउँपालिकाको कामले आइतवार बाहिर रहेको अध्यक्षका सल्लाहकार कृण्ण रोकायाले जानकारी गराउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!