धादिङको गजुरीमा हाइस र स्कारपियो कार ठोक्कियो, ११ घाइते

Posted on: 29 Jul, 2018

साउन १३, धादिङ | पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ घाटबेंसीमा आइतबार यात्रुवाहक हाइस र स्कारपियो कार एकापसमा ठोक्किंदा ११ जना यात्रु घाइते भएका छन् । 

बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ज ३००९ नं को हाइस र बा ६ च ३९९१ नं को स्कारपियो कार सडकमा एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

दुर्घटनामा घाइतेमध्ये पाँच जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र छ जनाको गजुरी अस्पताल प्रालिमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!