निर्मलाको बलात्कारपछि हत्या प्रकरण: आन्दोलन झन उग्र बन्दै

Posted on: 30 Jul, 2018

भाष्कर के.सी | साउन १४, कञ्चनपुर | भीमदत्त नगरपालिका–२ निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा भईरहको आन्दोलनले झन उग्र बन्दै गएको छ । आन्दोलनमा राजनितीकरण र बाह्य पक्षको हस्तक्षेपका कारण आन्दोलन झन उग्र बन्दै गईरहेको हो ।  

शनिबार नै शव परिक्षण भईसके पछि मृतक पन्तको आफन्तले शब बुझ्न माने पनि बाह्य तत्वबाट आन्दोलन झन बढाउने प्रयास भईरहेको स्रोतको दावि छ । मृतका एक जना आफन्तका अनुसार आफुहरु शव बुझ्न तयार भएको पनि बाह्य पक्षले दबाव दिई रहेको बताए । आन्दोलनरत पक्षले आफुले शव बुझेमा घर नै जलाई दिने भनेर धम्की समेत आई रहेको आफन्तको दावि छ । त्यस्तै मृतकका आफन्त भोजराज पन्तका अनुसार आफुले मृतको शव बुझेर शान्तिपुर्ण रुपमा प्रहरीलाई अनुसन्धानमा सघाउने मनसाय रहेको भए पनि बाह्य तत्वबाट आन्दोलन प्रभावित पार्न खोजिएको छ । 

आईतबार मतृकका आफन्त र प्रशासन बिच शव बुझेर दाह संस्कार गर्ने र दोसि तत्काल खोजी गरि कारवाहि अगाडी बढाउने सहमति बनेको थियो । तर आन्दोलनरत पक्षले हत्यारा पत्ता नलागे सम्म आन्दोलन जारी राख्ने तथा शव समेत नबुझने जिकीर गर्दै आईरहेको छ । आन्दोलनरत पक्षले नगर प्रमुख सुरेन्द्र विष्ट र प्रशासनको विरुद्धमा नाराबाजी र बजारमा ¥यालीसहित पर्दशन गरेका छन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड आस्रु ग्यास समेत फायर गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीका अनुसार आन्दोलनले घटनाको अनुसन्धान कार्य समेत प्रभावित भएको बताए । सबै जनशक्ती आन्दोलन नियन्त्रणमा लागेकाले अनुसन्धान कार्य प्रभावित बनेको उनको भनाई छ । त्यस्तै घटनाको अनुसन्धानका लागि सिआईबीबाट डिएसपी अंकुर जीसीको नेतृत्वमा तीन सदस्यीय टोली कञ्चनपुर पुगेको छ । टोलि सोमबारबाट अनुसन्धान अगाडी बढाउने डिएसपी सेठीले बताए । साथै बालिका मृत फेला स्थानमा पानि जामेकाले घटना स्थलको अनुसन्धान जटिल बनेको उनको भनाई छ । 


पत्रकार माथि दुव्र्यवहार घोर भत्सना

आन्दोलनरत पक्षको एक समुहले पत्रकार माथि गरेको दुव्र्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुरले घोर भत्साना गरेको  छ । पत्रकार महासंघ कञ्चपुरका अध्यक्ष विष्णु अवस्थीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा  पत्रकार माथि आन्दोलनरत पक्षबाट दुव्र्यहार निन्दनीय भएको उल्लेख गर्दै दोसि माथि कारवाहि गर्न प्रशासनलाई आग्रह समेत गरिएको छ । साथै महासंघले आफुले मृतक पन्तको तत्काल छानबिन गरि दोसिलाई कारवाहिका लागी  परेको जनाएको छ । 

नागरिक समाज, पत्रकार महासंघ लगायत गैर सरकारी संस्थाले आईतबार जिल्ला प्रशासन कार्यालयलाई मृतक पन्त घटनाबारे ध्यानार्कषण पत्र बुझाएको छ । उनिहरुले हत्याको तत्काल खोजी गरिनु पर्ने, पिडीप पक्षलाई न्याय तथा राहत उपलब्ध गराउने र शान्तिपुर्ण तरिकाले घटनाको छानबिन गर्न माग गरेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!