चौथो दिन आफन्तले गरे निर्मला पन्तको दाहसंकार

Posted on: 30 Jul, 2018

भाष्कर के.सी | साउन १४, कञ्चनुर | भिमदत्त नगरपालीका वडा नं. २ की निर्मला पन्तको हत्या भएको ४ दिन पछि आफन्तले शवको दाहसंकार गरेका छन् । आज बिहान ७ बजे शव अन्तेष्टीमा प्रदेश सभा सभासद प्रकाश रावल, भीनपा नगर प्रमुख सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्द, वडा प्रहरीका इन्र्चाज जगदीश भट्ट लगायत उनका आफ्न्त र इष्ट मित्रको सहभागितामा शवको दाहसस्ंकार गरीएको छ ।


श्रावण १० गते बाट हराएकी निर्मला पन्तको ११ गते भी.न.पा.१८ पथ्यरपुर नाला नजिकै रहेको उखुबारीमा मृत्य अवस्थामा उनको शव फेला परेको थियो । श्रावण १२ गते पोष्टमार्टम भए पनि स्थानियको विरोध पछि शबको अत्येष्टी हुन सक्केको थिएन । आमा र बुवाले छोरीको अन्तेष्टी नगरुनजेल पानी पनि नखाने भने पछि झन अर्को घटना निमित्न सकने र घर परिवार र आफ्न्तले छोरीको अन्तेष्टी गर्न खोजे पनि स्थानियको अवरोधले गर्दा अन्तेष्टी हुन सकेको थिएन ।


 श्रावण १३ गते  मृत्यका आफन्त बुवा यज्ञराज पन्त, आमा लक्ष्मी पन्त, आमा दुर्गा पन्त, ठुलो बुवा बलराम पन्त, काका भोज राज पन्त, काका विष्णु पन्त, दाजु प्रकाश पन्त, मामा तिर्थ भण्डारी, दाजु लक्ष्मी प्रसाद पन्त र दीपेन्द्र पन्तको सहभागिता रहको थियो भने पदाधिकारीहरुमा प्रदेश सभा सदस्य प्रकाश रावल, भीनपा नगर प्रमुख सुरेन्द्र विष्ट, वेदकोट नगर प्रमुख अशोक कुमार चन्द, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, सप्रउथी विनोदराज श्रेष्ठ, स.प्र.नि शकर बहादुर विष्ट, सेनानी, विशाल सिह, पुर्व उप मेयर इश्वरी खरेल लगायतको सहमती पश्चात आज विहान ७ बजे आफन्त र प्रहरीको सहयोगमा निर्मला पन्तको शवको अन्तेष्टी गरिएको  छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!