रसुवामा कन्टेनर दुर्घटना हुदा ३ जनाको मृत्यु, १ जना घाइते

Posted on: 31 Jul, 2018

साउन १५, काठमाडौं । रसुवामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ  । चीनबाट सामान लिएर आएको ना ६ ख ४९२९ नम्बरको कन्टेनर गोसाइकुण्ड गाउँपालिका ५ मा भीरबाट २०० मिटर तल खसेको हो ।

उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको र १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।

घाइतेलाई धुन्चेस्थित अस्पतालमा राखिएको छ । गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर बोलाइएको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!