बलात्कार पछि हत्या गरिएकी बालिकाको परिवारलाई वडा सदस्यले दिए आर्थिक सहयोग

Posted on: 01 Aug, 2018

भास्कर के.सी | साउन १६, कञ्चनपुर | बलात्कार पछि हत्या भएकी बालिकाको परिवारलाई भीमदत्त नगरपालिकाका वडा सदस्यले आर्थिक सहयोग गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको परिवारलाई भीमदत्त नगरपालिका १८ का वडा सदस्य एव न्याय समितिका सदस्य प्रशान्त भट्टले आर्थिक सहयोग गरेका हुन् । भीनपाका न्याय समिति सदस्य भट्टले आफ्नो व्यक्तिगत तर्फबाट नगद ७ हजार ५ सय रुपैया सहयोग गरेका  हुन् ।

मंगलबार मृतक निर्मलाकै घरमा पुगेर भट्टले आमा दुर्गादेवि पन्तलाई उक्त रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै न्याय समिति सदस्य भट्टले घटना निर्मम दुःखदायी भएको बताउदै पीडित परिवारको न्यायका लागि व्यक्तिगत र सिङ्गो नगरपालिकाका तर्फबाट सहयोग गर्ने बचनबद्धता जाहेर गनुभयो । ‘यो जघन्य अपराधका दोषि कुनैपनि हालतमा उन्मुक्ति पाउँदैनन्, ‘उनले भने, ‘तपाईको न्यायका लागि हामी लड्छौँ चिन्ता नगर्नुहोला ।’


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाको सुक्ष्म ढङगबाट तिव्र रुपमा अनुसन्धान भईरहेको छ । सोमबार मृतक निर्मलाका आमाबाबुलाई सिआईबीको टोलीले समेत सोधपुछ गरेको छ ।

घटना भए लगत्तै कञ्चनपुर प्रहरीले दुई युवती सहित तीन युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ तर, नियन्त्रणमा लिएका पाँचै जनाको नाम भने सार्वजनिक गरेको छैन् । घटनाको बिरोधमा तीनदिनसम्म लगातार महेन्द्रनगरमा प्रर्दशन गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!