पुर्व-पश्चिम महेन्द्र राजमार्गमा पार्किङ्ग शुल्कका नाममा अबैध असुली

Posted on: 01 Aug, 2018

पुष्कर भट्ट | साउन १६, कञ्चनपुर | देशकै पश्चिमी नाका गड्डाचौकी हुदै नेपाल भित्रिने भारतिय तथा बाह्य पर्यटक बाट भिमदत्त नगरपालिकाबाट बजार क्षेत्रको पार्किङ्ग शुल्क उठाउने जिम्मा लिएका ठेकेदारले भन्सार गेट पुग्नुभन्दा पहिले नै महेन्द्र राजमार्गमै पार्किङ्ग शुल्कमा नाममा बाह्य पर्यटकबाट अबैध रुपमा पैसा असुल्न थालेका छन । 

भिमदत्त नगरपालिका बाट बिदेशी सवारी साधन महेन्द्रनगर बजार को पार्किङ्ग क्षेत्रमा प्रबेश गरे बाफत लिईने शुल्कको ठेक्का बालाजी पवन दिप निर्माण सेवा का संचालक लिलाधर भट्ट ले पाएका थिए । उनको पार्किङ्ग शुल्क उठाउने क्षेत्राधिकार बजार क्षेत्र प्रबेश गरि सके पछि मात्र थियो तर ठेकेदार भट्ट आफनो क्षेत्राधिकार बाहिर गएर पार्किङ्ग शुल्क का नाममा साना गाडी बाट १सय ६० रुपैया र ठुला गाडी बाट ४ सय ८० रुपैया का दरले अबैध रकर असुली गरि रहेका छन । प्रहरी कै अगाडी ठेकेदार ले यसरी मनोमानी ढंग ले पैसा असुल्दा प्रहरी मुखदर्शक बनेर बसेको छ । भारत का बिभिन्न शहर बाट नेपाल भ्रमण का लागी आएका पर्यटक ले राजमार्गमा पार्किङ्ग शुल्क का नाममा रकम असुल्न नमिल्ने हो भन्दै दुखेसो पोखेका छन । 

ठेकेदार ले यति सम्मपनि गरेका छन कि नेपाल भित्रिने गाडीमात्र संग नभई नेपाल बाट बाहिरिने सवारी साधन बाट पनि पार्किङ्ग शुल्क का नाममा रकम असुली गरेको छ । भैरहवा बाट महेन्द्रनगर पुग्दा कुनै पनि नगरपालीका मा पस्दा पार्किङ्ग शुल्क का नाममा रुपैया खर्च नभएको तर भिमदत्त नगरपालिका प्रबेश गरे पछि आफुबाट ठेकेदार ले पार्किङ्ग शुल्कका नाममा ४ सय ८० रुपैया असुल गरेको दिल्ली भ्रमण मा जाने नेपाली पर्यटक श्याम गुप्ता बताउछन । ठेकेदार लिलाधर भट्ट भिमदत्त नगरपालिकाले आफुलाई नगरपालिका को १९ बटै वार्डमा पार्किङ्ग शुल्क कर उठाउने अधिकार दिएको बताउछन । गड्डाचौकी ईलाका प्रहरी कार्यालय का प्रमुख प्रहरी सहायक निरीक्षक डिकर देव पन्त ले भन्सार ब्यारीयल भन्दा पहिले नै यसरी रकम असुल्न नमिल्ने बताउछन । भिमदत्त नगरपालिका का नगर प्रमुख सुरेन्द्र बिष्ट ले भन्सार ब्यारीयल भन्दा पहिले र राजमार्गमा ठेकेदार ले पार्किङ्ग शुल्क लिन नमिल्ने बताउछन । 

यसै असार को अन्तिम साता बिदेशी सवारी साधन महेन्द्रनगर बजार को पार्किङ्ग क्षेत्रमा प्रबेश गरे बाफत लिईने शुल्कको ठेक्का बालाजी पवन दिप निर्माण सेवा ले भ्याट सहित ३७ लाख १० हजार रुपैया मा लिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!