कञ्चनपुरको बेलौरीमा दुई मोटरसाइकल जुधे

Posted on: 01 Aug, 2018

साउन १६, कञ्चनपुर | कञ्चनपुरको बेलौरी नगरपालिका ८ कलकत्ता पानीटंकी नजिक मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । 

बुधबार दिउँसो बेलौरी बजार देखि भुडातर्फ सवार से ३ प ७६१४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से २ प १५७३ नम्बरको मोटरसाइकल एकापसमा दुर्घटना ग्रस्त भएको थियो ।

घाइते हुनेमा से ३ प ७६१४ नम्बरको मोटरसाइकलका चालक बेलौरी १० भुडा बस्ने वर्ष २० का साधन चौधरीको मुखमा र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार वर्ष २२ का तारा चन्द मध्यम घाइते भएका छन् । उनीहरु दुवैलाई कोहलपुर रेफर गरिएको छ । 


त्यस्तै से २ प १५७३ नम्बरको मोटरसाइकलका चालक बेल्डाँडी गाउँपालिका ३ खैरघाटका सुरेन्द्र मगर सामान्य घाइते भएका छन् । उनको थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ । 

सोही मोटरसाइकलमा सवार वर्ष २१ का बीर बहादुर मगर र दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!