भीमदत्त पन्तको ६५ औं स्मृति दिवस मनाइयो

Posted on: 02 Aug, 2018

भास्कर के.सी | साउन १७, कञ्चनपुर | ‘‘कित जोत हलो कित छोड थलो, यदि होईन भने अब छैन भलो, अवत कोई छैन सानो ठुलो ’’ भन्ने मुल नारा बोकेका किसान नेता भिमदत्त पन्तको ६५ औ स्मृति दिवस मनाइएको छ ।

भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजार स्थित पार्कमा रहेको भीमदत्त पन्तको शालिकमा नेकपाका नेता तथा कार्यकर्ताले फुलमाला अर्पण शहिद पन्तको स्मृति दिवस मनाएका छन् । 

भीमदत्त पन्तको स्मृति दिवसमा किसान आन्दोलनको मुल मर्म र उद्देश्य अनुसार कार्य गर्न सकेमा मात्र दिवस मनाएको सार्थक हुने स्मृति प्रतिष्ठानका संस्थापक गोविन्द कलौनीले बताए ।

स्मृति दिवसको अवसरमा नेकपाका नेता तथा पूर्व उप सभामुख भोजराज जोशी, भीनपा नगर प्रमुख सुरेन्द्र विष्ट, पुर्व उपमेयर ईश्वरी खरेल, नेकपा सदस्य रण बहादुर महरा लगायत कार्यकर्ताको उपस्थिती रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!