१ महिना १४ दिन बित्यो : अझै भेटिएन दुइ बालिका,एक बालक पनि बेपत्ता

Posted on: 02 Aug, 2018

चिसाङ शेर्पा, साउन १७, खोटाङ । खोटाङमा हराईरहेका दुइ बालिका १ महिना १४ दिन पुग्दा समेत अझै भेटिएको छैन । खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षीय अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्र्षीय कृष्ण कुमारी तामाङ अझै नभेटिएको हो । 


गएको असार ३ गतेबाट हराईरहेका कक्षा तीनमा अध्ययनरत अनिता र कक्षा पाँचमा अध्ययनरत सपनाको खोजीका निम्ति परिवार, आफन्त, छरछिमेक, प्रहरी जुटे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

परिवारले दुइ बालिका हराएको ६ दिनपछि अर्थात असार ८ गते प्रहरीमा निवेदन दिएकाले खोजतलास गर्नमा केही ढिलाइ भएको ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरीक्षक चन्द्र कुमार राजबंशीले बताए । प्रहरी पारिवारीक सम्पर्कमा एकदम नजिक छ । उहाँले भन्नुभयो,“असार ८ गतेबाट दुइ बालिकाको हुलिया जारी गरेर ब्यापक खोजतलास गरीरहेका छौ ।”

लामो समय देखी सवैतिर खोजी कार्य भईरहेको भएपनि हालसम्म उनिहरु सम्पर्कमा नआउदा परिवार चिन्तित बनेको छ । कसैले उनीहरुलाई ललाईफकाई कतै लगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १६ वर्षीय प्रदिप राई नाम गरेका बालक चार दिनयता हराईरहेका छन्् । गत सोमबार घरमा आमाबुबा नभएको बेलामा छिमेकी साथीहरुलाई मावला जाने भनी घर छोडेर हिडेका कान्छा छोरा हालसम्म कतै फेला नपरेको आमा चित्रकुमारी राईले जानकारी दिनुभयो । सोझो र बेलाबेला प्रष्ट मुख नलाग्ने प्रदिप मावला खाल्लेहुंदै टेम्मा जान्छु भनेर हिडेको भएता पनि खाल्ले र टेम्मामा नभएको आमा चित्रकुमारीले बताइन् ।

प्याजी रंङको ज्याकेट, निलो पाईन्ट लगाएका बालक परिवार, आफन्तले खोजी गर्दा नभेटिएपछि असार १६ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा खोजीका लागि निवेदन दिइएको परिवारले जनाएको छ । बालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दिक्तेलले बताएको छ । 

फोटो ः हराईरहेका दुइ बालिका


यस बिषयमा तपाइको प्रतिक्रिया...!