जबर्जस्ती करणी गरी फरार भएका सप्तरीका एक युवक पक्राउ

Posted on: 03 Aug, 2018

साउन १८, राजविराज | बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । 

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो । 

सप्तरी जिल्ला अदालतले फरार प्रतिवादी दासलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैदको फैसला सुनाइएको थियो । पक्राउ परेका उनलाई आजै जिल्ला कारागार राजविराजमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

विसं २०७२ भदौ १ गते राति १२ बजेको समयमा स्थानीय १२ वर्षीया बालिकालाई दासले जबर्जस्ती करणी गरी फरार भएका थिए ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!