शैक्षिक भ्रमणमा गएका ३ बिद्यार्थी हिमतालमा डुबेर बेपत्ता

Posted on: 04 Aug, 2018

साउन १९, काठमाडौं | शैक्षिक भ्रमणमा गएका ३ जना बिद्यार्थी  हिमतालमा डुबेर बेपत्ता भएका छन् । सोलुखुम्बुको गोक्यो हिमतालमा उनीहरु बेपत्ता भएका हुन् |

बेपत्ता हुनेमा खुम्जुङ माविमा अध्ययनरत पेम्बा नुरी शेर्पा, सुनिल बराईली र पेम्बा दोर्जे शेर्पा छन् । उनीहरु शिक्षकको आँखा छलेर गोक्यो हिमतालमा नुहाउन गएका थिए ।

बेपत्ता ३ बिद्यार्थीको खोजीको लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रहरी र अभिभावकसहितको टोली त्यसतर्फ गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!