नारायणगढ–मुग्लिन सडक पुन अवरुद्ध

Posted on: 04 Aug, 2018

साउन १९, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छा कामना गाउँपालिका–६ जलवीरेमा दिउँसो २:५५ बजे पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको हो । 

आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा खसेको पहिरो २:४५ बजे पन्छाएर सडक सञ्चालन गरिएको थियो । जलवीरेमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!