समाज सेवामा युवाहरु

Posted on: 04 Aug, 2018

भास्कर के.सी | साउन १९, कञ्चनपुर | दिन प्रतिदिन युवाहरुमा नैराश्यता र डिप्रेशनका कारण अनेक प्रकारका घटना र नशाको शिकार हुदैं गई रहेको अवस्थामा कञ्चनपुरका केही युवाहरु समाजिक कार्य गर्दै वृद्ध आमा बुवाको सेवामा गएका छन् ।

विश्वास फिल्मस डान्स एण्ड एक्टिङ सेन्टर काठमाण्डौँले कञ्चनपुरको एक बृद्धसेवा केन्द्रमा कपडाका साथै फलफुल वितरण गरेको छ ।


 विश्वास फिल्मस डान्स एण्ड एक्टिङ सेन्टर काठमाण्डौँले शनिबार भीमदत्त नगरपालिका–५ बनखेतमा रहेको महिला तथा बृद्धसेवा केन्द्रमा कपडाका साथै फलफुल वितरण गरेको हो । विश्वास फिल्मस डान्स एण्ड एक्टिङ सेन्टर काठमाण्डौँका निर्देशक आकास बोहरा र उनका साथीहरुले समाजिक सेवा गर्ने उदेश्यका साथ असाहयलाई फलफुल एवं कपडा वितरण गरेको बताए । उनका अनुसार उनीहरुलाई दोसल्ला ओढाउदै फलफुल वितरण गरेका हुन् । 

आश्रमका वृद्ध आमा बुवाले यसरी फलफुल तथा दोसल्ला वितरण गरिरहदाँ बोहरा लगायत उनको टिमलाई आशिर्वाद दिई रहेका थिए । उनले आगामी दिनमा समेत असायह नागरिकलाई सेवा गर्ने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!