बेपत्ता रहेका गंगामायाका छोरा नुरप्रसाद भेटिए

Posted on: 05 Aug, 2018

साउन २०, काठमाडौँ | गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गंगामायाकै आग्रहमा उनको खोजी गरेको थियो ।

अनसन तोड्ने क्रममा गंगामायाले मानव अधिकार आयोगसँग आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् । त्यसै आग्रह पछि नेपाल प्रहरी अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीले नियन्त्रणमा लिएको नुरप्रसाद अधिकारीलाई सबै प्रक्रिया पुरा गरि गंगामायालाई बुझाउने प्रहरीको तयारी छ । 


गंगामाया र उनका श्रीमान नन्दप्रसाद आफ्नो कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै  लामो समयदेखि अनसनमा बसेका थिए । बुबा-आमा अनसन बसेलगत्तै छोरा नुरप्रसाद वेपत्ता भएका थिए । अनसन बस्ने क्रममा बुबा नन्दप्रसादको निधन हुँदा समेत नुर प्रसाद बेपत्ता नै थिए । गंगामायाले केहि दिन अघि अनसन तोडेपछी आफ्नो बेपत्ता छोरालाई खोजि गरिदिन आग्रह गरेपछि प्रहरीले उनको खोजि गरेको थियो ।

नुरप्रसाद के कारण बेपत्ता भएभन्ने बिषयमा भने कुनै खुलाशा भएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!