जिल्ला प्रशासन कार्यालय बझाङ मार्फत राहत बितरण

Posted on: 05 Aug, 2018

टेकेन्द्र बोहरा | साउन २०, बझाङ | बझाङमा यस आर्थिक वर्षमा ३१ जनाले राहतस्वरुप रकम पाएका छन् ।

 द्धन्द्वरत पक्षबाट बझाङमा मृत्यु भएका, वेपता विस्थापित र टुहुरा वालवालिकाका घर परिवारले  राहातस्वरुप रकम पाएका छन् । 

रकम जिल्ला प्रशासन कार्यालयबाट  वितरण गरिएको छ  । गृह्र मन्त्रालयबाट यस आर्थिक वर्ष २०७४/०७५मा ३१ जना घरपरिवारका आफन्तलाई ५२ लाख ३७ हजार आठसय रुपैयाँ वितरण गरेको जिल्ला प्रशासन कार्यालय बझाङका समन्वय फाँटका कर्मचारी नन्दबहादुर धामीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!