बैतडीमा ढुंगाले लागेर सैनिकको मृत्यु

Posted on: 05 Aug, 2018

साउन २०, बैतडी (रासस) | ढुंगाले लागेर बैतडीमा आज एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–४ कपिन्ना जसमलाका ३० वर्षीय नारायणदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । 

गाउँ नजिकै रहेको पानीको मुहानमा पाइप जोडिरहेका बेला माथि भिरबाट खसेको ढुंगाले लागेर भट्टको मृत्यु भएको हो । दिउँसो १२ः४५ बजेतिर पाइप जोडिरहेका बेला मुहानको माथिबाट खसेको ढुंगाले भट्टको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिदामा घर आएका भट्ट नेपाली सेनाका चार नम्बर बाहिनी नेपालगञ्जमा कार्यरत हुनुहुन्थ्यो । भट्टको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!