अर्घाखाँचीको नुवाकोटका युवाको मलेसियामा मृत्यु

Posted on: 06 Aug, 2018

साउन २१, अर्घाखाँची | अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर ७ नुवाकोटको घोराखोरीका गुन बहादुर रोकाका २६ वर्षिय छोरा मदन रोकाको मलेसियाको सेलानगर दारुल एह्सानमा आफुले काम गर्ने सेरी उलुलाङत पाल्म ओल्ड मिल कम्पनीको गाडीको ठ्क्करबाट जुलाई ३१ गते घटनास्थानमा मृत्‍यु भएको हो । 

मदनको शब आईतबार दिउसो १२ बजे नेपाल ल्याइएको छ ।  मदन ४ वर्षदेखि वैदशिक रोजगारीका सिलसिलामा मलेसियामा थिए । 

अविबाहित मदन दसैं मनाउन नेपाल आउने तयारीमा थिए । उता मलेसिया स्थित नेपाली राजदुताबासले कम्पनीबाट पाउने क्षतिपुर्तीका लागि पहल गर्ने बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!