नारायणगढ मुग्लिन सडक खुल्यो

Posted on: 06 Aug, 2018

साउन २१, चितवन (रासस) | निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो । 

जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ । 

त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा खसेको पहिरो पनि पन्छाइएको छ । पहिरो पन्छाएपछि अवरुद्ध सवारी आवागमन सुचारु भएको प्रहरीले जनाएको छ । फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्दछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!