आफ्नै श्रीमानबाट श्रीमती बलात्कृत भएपछि...

Posted on: 06 Aug, 2018

साउन २१, झापा । झापामा आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमानलाई पक्राउ गरिएको हो ।

श्रीमातीले दिएको जाहेरी अनुसार श्रीमानले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख छ। उनले श्रीमान् १०/१२ दिन हराउने, अनि आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको पनि जनाएका छिन् ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका श्रीमान्माथि वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको छ ।

थप अनुसन्धान भइरहेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!