दाउराले हानेर बृद्धाको हत्या गर्ने महिला पक्राउ

Posted on: 06 Aug, 2018

प्रेम सुनार |  साउन २१, अर्घाखाँची । अर्घाखाँचीमा एक वर्ष अघि घरमा मृत फेला परेकी एक बृद्धाको हत्या भएको खुलेको छ । त्यहाँको प्रहरीले हत्या अभियुक्त एक महिलालाई आईतवार पक्राउ गरी म्याद थप  समेत गरेको छ । २०७४ साल असोज ३ गतेका दिन छत्रदेव गाउँपालिका वडा नम्वर ७, साविक भगवती गाविसको काउले की ६४  बर्षिया बृद्धा श्यामकला पाण्डे घर भित्र रक्त्ताम्मे अवस्थामा मृत फेला परेकी थिईन ।

उनलाई छिमेकी महिला ५५ वर्षिया उमा पाण्डेले दाउराले हानेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।  डिएसपी मल्लले भने–‘  त्यसको केहि समय अघि ति बृद्धाको घरबाट बग्ने कुलेसो तल  अभियुक्त महिलाको घरबाट बग्ने र त्यस विषयमा झगडा भएको हत्याको पहिलो कारण देखिन्छ ।  त्यस भन्दा अघि ति बृद्धाले उमा पाण्डेका श्रीमान शोभाखर पाण्डेलाई   जग्गाको बैना लिएर  पछि अर्कैलाई उक्त जग्गा बेचेको रिस पनि देखिन्छ । ’

मल्लले हिजो अदालतमा म्याद थप गरी अनुसन्धान अगाडी बढाएको बताए । हत्याको उक्त दिन ति बृद्धा लडेको स्थानमा रगतको पोखरी थियो । उनले छोडाउँदै गरेका मकै समेत रगतमा डुवेका थिए । अघिल्लो दिन छोराहरु घरमा आई बावुको तिथी गरेर त्यसै दिन विहान बुटवल तर्फ फर्केका थिए । उनि घरमा एक्लै बस्दै आएकी थिईन ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!