मोरङमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

Posted on: 07 Aug, 2018

साउन २२, मोरङ | सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ६६९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे३प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नंको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो । 

उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा परी अर्को मोटरसाइकलका चालक सुनवर्षी– ६ का ४५ वर्षीय रुपनारायण ताजपुरिया घाइते भएका छन् । उहाँको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!