कैलालीको चिप्लेभिरबाट जीप खस्यो

Posted on: 07 Aug, 2018

साउन २२, कैलाली । कैलालीको मोहन्याल गाउँपालिका-४ चिप्लेभीर नजिकै मंगलबार विहान जीप दुर्घटना भएको छ ।

चिसापानी बजारबाट विहान करिब ५ वजे कर्णाली यातायातको से१ज ९२९ नम्बरको जीप यात्रु लिन पितमारी तर्फ जाँदै सडकबाट करिब २५० मिटर तल कर्णालीको तिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जीपमा देविराम देवकोटा मात्रै थिए । उनी हामफालेर बाच्न सफल भएका छन् ।

कर्णालीको तिरमा खसेको जीप कच्याककुचुक भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!