झापामा गाडीको ठक्करबाट एकको मृत्यु

Posted on: 07 Aug, 2018

साउन २२, भद्रपुर | इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एक सर्वसाधारणको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका–१ दुर्गापुरमा सोमबार साँझ पश्चिमबाट मे ८ प १२२३ नम्बरको स्कुटीमा पूर्वतर्फ आइरहेका कोइरालालाई विपरीत दिशाबाट गइरहेको इप्रका कन्काईको मे १ ज ५८६ नम्बरको गाडीले ठक्कर दिएको थियो । 

प्रहरीको गाडीको ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा आज बिहान उहाँको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!