कर्जन्हा नगरपालिकाको केन्द्र विवाद सतहमा

Posted on: 07 Aug, 2018

राम नारायण पंडित। साउन २२, सिरहा। कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा राख्नुपर्ने भन्दै मेयर गंगा पासवानलाई नागरिक समाजले ज्ञापनपत्र बुझाएका छन् । समाजका संयोजक कुशेश्वर महतोको नेतृत्वमा पुगेका टोलीले बिभिन्न ५ बुँदे माँग राख्दै मेयर पासमानलाई सोमबार ज्ञापनपत्र बुझाएका हुन । 


समाजले कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा राख्नुपर्ने, नगरपालिकाको जनहितका लागि कृषि, शिक्षा तथा रोजगारी लक्षित जनपक्षीय कार्यक्रमहरु जारी गर्नुपर्ने, कर्मचारीको मनोमानी तथा ढिलासुस्ती बन्द गर्नु पर्ने, नगरपालिकाको कार्यालयमा अपराधिक व्यक्तिहरुद्धारा भएको आगजानीको अनुसन्धान गरेर अपराधीलाई कार्बाही गर्नुपर्ने र अनियमित खर्च अबिलम्ब बन्द गरी नगरपालिकाको आय–व्ययको सम्पुर्ण विवरण सार्वजनिक गर्नु पर्ने माँग राख्दै मेयर पासमानलाई ज्ञापनपत्र बुझाएका छन् । 

समाजका संयोजक महतोले कार्यालयमा विगत लामो समयदेखि सुरक्षाको बहाना बनाउँदै अधिकृत नआउँदा कामकाज प्रभावित बनेको बताए । 

मेयर पासवानले ज्ञापनपत्र बुझ्दै छलफलको माध्यमबाट समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । उनले केहिदिन अगाडी कर्जन्हा संघर्ष समितिले हाल रहेको बगहामै नगरपालिकाको केन्द्र राख्नुपर्ने माग गरेको बताउँदै दुबै पक्षसँग छलफल गरी आवश्यक निर्णय लिने बताए । कर्जन्हा नगरपालिकाको कार्यालय भबनका लागि नागरिक समाजमा आवद्ध व्यक्तिहरुले ९ कट्ठा १६ धुर जग्गा समेत उपलब्ध गराएका छन् । 

कर्जन्हा गाउँपालिका विगत केहि महिनादेखि विवादमा फसेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!