घर मै बसेर लोक सेवाको तयारी गर्ने कि ?

Posted on: 08 Aug, 2018

साउन २२, बुटवल । वर्षेनी करिब चार लाख म्यानपावर बजार प्रवेश गर्छ तर, रोजगारीको न्यून अवसरले सिमित सरकारी कोटाप्रति युवाको आकर्षण उच्च छ । त्यसमा पनि सरकारी जागिरका लागि तयारी कक्षा, पढ्ने सामाग्री र स्रोत व्यक्ति राजधानी र शहर केन्द्रीत भएपछि धेरैलाई पढ्ने रहर हुँदा हुँदै पनि यो अवसर धेरैको पहुँचबाट टाढा छ ।


तर, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने नेपाली उखानलाई साकार पारिदिएका छन् ‘डिजिटल’ गुरु तुल्सीराम ढकालले । पैसाको अभाव, कामको व्यस्तता र घरायसी समस्याले गर्दा लोक सेवा तयारी कक्षामा सहभागी हुन नसक्नेहरुका लागि ढकालले लोक सेवा आयोगद्वारा निर्धारण गरिएको नयाँ पाठ्यसामाग्रीका आधारमा युट्युब च्यालन सञ्चालन गरेका छन् ।

लोक सेवाका कक्षा चलाउने  इन्स्टिच्युटमा शिक्षकलाई अर्को कक्षा भ्याउनुको हतारो, कक्षमा जान्ने र नजान्ने वा अलि बढी जान्ने र कम जान्नेबीचको खाडल, इन्स्टिच्युटले भनेजति पैसा खन्याउनु पर्ने बाध्यतालगायतका समस्या झेल्नु नपर्ने, घरमै बसि बसि,  अनुकूल समयमा उनको युट्युब च्यालनमा दोहोऱ्याई दोहोऱ्याई पढ्ने र सुन्ने  व्यवस्था मिलाएका डिजिटल गुरु ढकाल धन्यवादका पात्र हुन् ।

उनले आफ्नो ब्यस्त दैनिकीबाट समय छुट्टाएर सरकारी जागिरप्रति आकर्षित यूवा जमातका लागि उनीहरुलाई आवश्यक पर्ने आइक्यू, सामान्य ज्ञान, कम्प्युटरसम्बन्धी भिडियो बनाएर अपलोड गर्दै आएका छन् । उनले अहिलेसम्म आइक्यू, सामान्य ज्ञान, कम्प्युटरसम्बन्धी एक सय ८५ वटा भिडियो अपलोड भइसकेका छन् ।

डिजिटल गुरुको उपनामले परिचित ढकालले विभिन्न समस्याले तयारी कक्षाको पहुँचबाट टाढा रहेका विद्यार्थीहरूलाई लक्षित गरी आफूसँग भएको ज्ञान बाँड्न डिजिटल क्लास सुरु गरेको बताए ।

नेपालमा डिजिटल क्लासको नौलो सुरुवात गरेका ढकालले छोटो समयमै कमालको लोकप्रियता कमाएका छन् । ०७३ पुस १५ मा  युट्युब च्यालनमा पहिलो भिडियो अपलोड गरेको बताए । अहिले उनको युट्युब च्यानलको ‘सब्स्क्राइबर’ मात्र २६ हजारको हाराहारीमा पुगेको छ भने, च्यानलको ‘भ्यूरिच’ २० लाखको हराहारीमा छ ।

डिजिटल गुरुको उपनामले परिचित ढकालले विभिन्न समस्याले तयारी कक्षाको पहुँचबाट टाढा रहेका विद्यार्थीहरूलाई लक्षित गरी आफूसँग भएको ज्ञान बाँड्न डिजिटल क्लास सुरु गरेको बताए ।

शिक्षण पेशामा संलग्न ढकाल कामका शिलशिलामा देशका विभिन्न ठाउँ पुग्दा सरकारी जागिरप्रतिको आकर्षण र कक्षा अभावको गुनासोले डिजिटर क्लास सञ्चालन गर्ने प्रेरणा मिलेको सुनाए।

घरायसी काम र व्यस्तताका कारणले पढाइलाई समय दिन नसक्ने विवाहित महिला उनको प्रयासबाट लाभान्वित बनेका छन् । साथै काम र पढाइका कारण तयारी कक्षामा जान नसक्नेहरूका लागि पनि उनको युट्युब च्यानल उपयोगी बनेको छ । उनले घर वा आफूलाई अनुकुल स्थानमा बसेर मोबाइल वा ल्यापटपबाट सजिलै सबै विषय सिक्न सक्ने व्यवस्था मिलाइदिएका छन् ।

नेपालमा डिजिटल क्लासको नौलो सुरुवात गरेका ढकालले छोटो समयमै कमालको लोकप्रियता कमाएका छन् । अहिले उनको युट्युब च्यानलको ‘सब्स्क्राइबर’ मात्र २६ हजारको हाराहारीमा पुगेको छ भने, च्यानलको ‘भ्यूरिच’ २० लाखको हराहारीमा छ ।

पछिल्ला दिनमा उनले दुर्गम भेगका विद्यार्थीहरूबाट राम्रो रेस्पोन्स पाएका छन् । विद्यार्थीको पोजेटिभ रेस्पोन्सले आफुलाई थप प्रेरणा र थप जिम्मेवारी बोध भएको ढकालको बुझाई छ । पेशाले शिक्षक र कडा मेहनेतकै कारण जटिल प्रश्नहरुको पनि सजिलो तरिकाबाट उत्तर बुझाउन सक्ने क्षमता छ उनमा ।

सामान्य ज्ञान, आईक्यू, गणित र कम्प्युटरमा उनको गहिरो अध्ययन छ । ढकालले आफ्नो च्यानलबाट जटिल आईक्यूका प्रश्नहरुलाई सजिलो र सटिक ट्रिक्सबाट हल गर्न सिकाउने हुँनाले उनको डिजिटल क्लासले धेरैलार्इ तानेको छ ।

गुल्मी स्थायी घर भएका ढकाल हाल राजधानीका विभिन्न शैक्षिक संस्थामा कम्प्युटर साइन्स अध्यापन गराउँदै आएका छन् । उनको कक्षा हेर्नका लागि युट्युबमा गएर तुल्सीराम ढकाल टाइप गर्ने वित्तिकै  उनको युट्युब च्यानलमा रहेका लोक सेवाका आइक्यू, सामान्य ज्ञान, कम्प्युटरसम्बन्धी कक्षा हेर्न र सुन्न सकिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!