केपीलासगढीद्धारा १ वर्षमा ९१ प्रतिशत खर्च

Posted on: 08 Aug, 2018

चिसाङ शेर्पा | साउन÷२३ खोटाङ | खोटाङको केपीलासगढी गाउँपालिकाले चालू आर्थिक वर्ष २०७४÷०७५ मा ९१ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटमध्येमा दुई करोड कम बजेट खर्च गरेको हो ।

गाउँपालिकाले बिनियोजन गरेको २४ करोड ५३ लाख ९० हजार बजेटमा २२ करोड ३२ लाख ६६ हजार १ सय ४७ रुपैयाँ बजेट खर्च भएको केपीलासगढी गाउँपालिकाका लेखा प्रमुख रमेश गदालले जानकारी दिनुभयो ।

गाउँपालिकाले आर्थिक, सामाजिक र पुर्वाधार विकास भनेर गतवर्ष बजेट छुट्याएको थियो ।  गाउँपालिकाले आर्थिक बिकासमा ९८ लाख ४५ हजार सामाजिक विकासमा २ करोड १८ लाख ३७ हजार २ सय ८६ र पुर्वाधार विकासमा ७ करोड २६ लाख ८१ हजार ५० रुपैयाँ गरी तीन शिर्षकमा १० करोड ४३ लाख ६३ हजार ३ सय ३६ बिनियोजन गरेकामा ९ करोड ६३ लाख ९७ हजार ५ सय ५९ रुपैयाँ बजेट खर्च गरेको थियो ।

सातवटा वडा रहेको गाउँपालिकाले पुर्वाधार विकासमा ९३ प्रतिशत र कूल बिनियोजित बजेटमा ९१ प्रतिशत बजेट खर्च गरिएको गाउँपालिकाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!