सिरहाका एक युवक ठूलो परिमाणको लागूऔषधसहित पक्राउ

Posted on: 08 Aug, 2018

साउन २३, लहान | प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन ५८ पत्ता (प्रति पत्तामा ३० ट्याब्लेट), स्पामो प्रोक्सिफोन आर प्लस ६ पत्ता (प्रतिपत्तामा २४ क्याप्सुल) र अर्को काटेको स्पामो प्रोक्सिन आर प्लस १६ क्याप्सुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!