अन्तिम पत्र लेखेर कुस्माबाट हराएका प्रधानाध्यापक अलपेश्वर गुफामा मृत भेटिए

Posted on: 08 Aug, 2018

साउन २३, पर्वत | पर्वतको कुश्मा नगरपालिका ९ घर भई पर्वतकै मोदी गाउँपालिका ६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक ५९ बर्षिय शिवप्रसाद पौडेल अलपेश्वर गुफा भित्र मृत भेटिएका छन ।

कुस्मा नगरपालिका वडा नं ९ स्थित अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा बुधबार दिउँसो छ दिन पछि प्रअ पौडेल मृत भेटिएका हुन । बिहान पुजा पाठ गर्न भनि मन्दिर गएका पौडेल साउन १८ गते शुक्रबार विहानदेखि बेपत्ता भएका थिए ।

अलपेश्वर गुफा भित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक पौडेलको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । करिव ३८ बर्ष शिक्षण गरेका पौडेल १७ बर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । उनी बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गर्दै आएका थिए ।

मृतक पौडेलले अन्तिम पत्र भनेर घरमा लेखेर छाडेको पत्रमा छोराछोरीलाई राम्रो संग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको लेखेका थिए । बेपत्ता शिक्षक पौडेलका १ छोरा र १ छोरी छन् । छोरा वैदेशिक रोजगारका शिलशिलामा दुवईमा रहँदै आएका छन् भने छोरीको विवाह भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!