विकासको गति बढाउन सुझाव

Posted on: 09 Aug, 2018

साउन २४, चितवन | राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिनुभएको छ । 


आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आम रुपमा सरकारको विकासको गति अझै बढे हुन्थ्यो भन्ने छ, भन्नुभयो । सरकारको कामप्रति राष्ट्रियसभा सन्तुष्ट रहेको र विधेयकहरु चाँडो ल्याउन अध्यक्ष तिमिल्सिनाले सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “केही विधेयकहरु समय सीमाको हिसाबले असोज दुई गतेभित्र आइसक्नुपर्ने हुन्छ । त्यसका लागि सरकारलाई घच्घच्याइरहेका छौँ ।” 

राष्ट्रियसभामा अहिले दुईवटा विधेयक टेबुल भएको र समय सीमा भित्रमा विधेयकहरु पारित हुने उहाँले बताउनुभयो । उहाँले देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने तथा सबैले आफ्नो पेशा, व्यवसाय निर्बाध रुपमा गर्न पाउनुपर्ने बताउनुभयो । कुनै पनि समस्या विधि र कानूनसम्मत ढङ्गबाट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!