सिरहाको बाबातालमा एक महिला मृत फेला

Posted on: 09 Aug, 2018

राम नारायण पंडित । साउन २४, सिरहा। पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको सिरहाको कर्जन्हा नगरपालिका १ बन्दीपुर स्थित बाबातालमा एक महिलाको शव फेला परेको छ ।

सनाखत हुन नसकेकी अन्दाजी ३५ बर्षीया मधेशी मुलकी महिलाको शव बाबातालदेखि करिब ३ सय मिटर पश्चिम दक्षिणमा आज विहान फेला परेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले बताए । 


बाबाताल जाने बाटो छेउमा पानी जमेको खाल्डोमा डुबेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो । शवको प्रकृति हेर्दा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!