कैलालीको देउती गुडका उद्योगमा बम विस्फोटन

Posted on: 09 Aug, 2018

धनगढी, २४ साउन | कैलालीको लम्कीचुहानगरपालिका–१ स्थित देउती गुडका उद्योग परिसरमा आज बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ । 

विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो । स्थानीयवासी यज्ञबहादुर ओलीको उक्त उद्योग परिसरमा सकेट बम विस्फोट गराइएको जनाइएको छ । यसअघि यही साउन २ गते उक्त उद्योग नजीक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो । टीकापुर जाने सडकको भित्रपट्टिको सडक छेउस्थित उद्योग परिसरमा बम फेला परेपछि स्थानीयवासी त्रसित छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!